होमपेज / समाज
काठमाडौं । गत ९ पुसमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ३ देउवाचोकमा एमजीको विद्युतीय गाडीमा आगलागी हुनुकाे कारण विद्युतको लाइन सर्ट भएर भएकाे नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जनाएकाे छ ।
घटनाको जानकारी हुनेवित्तिकै कम्पनीका प्राविधिक कर्मचारीसहितको टोली पुगेर हेर्दा र स्थानीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का अनुसार लाइन सर्टकै कारण आगलागी भएको देखिएको विज्ञप्तिमा उल्लेख छ ।
घरबाट पर खुला स्थानमा पार्किङ गरी साँझ ६ बजेदेखि चार्जमा राखेको अवस्थामा बिहान १ बजेर १५ मिनेटमा विद्युतको तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ पारामाउन्ट मोटर्सले जनाएकाे छ ।
प्रदेश ०१–०२७ ख १५८१ नम्बरको एमजी जेट एस विद्युतीय गाडी आगोलागी भएर पूर्ण नष्ट भएको थियो ।