ट्रेण्डिङ

होमपेज / समाज

त्रिविका इन्जिनियिरिङ कलेजले विद्यार्थी पाउन सकेनन्

नेपालगाथा २०८० माघ २ गते मंगलबार १०:५१:५१ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुमा प्रवेश परीक्षा र भर्ना समय सकिँदासम्म त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका क्याम्पसहरुमा सिट अनुसार विद्यार्थी भर्ना हुन सकेका छैनन् । पछिल्ला वर्षमा खाली हुने सिट संख्या पनि बढ्दै गएको संस्थानका अधिकारीहरु बताउँछन् । सोमबारसम्म संस्थानले सार्वजनिक गरेको भर्ना विवरण अनुसार कलेजहरुमा रहेको सिट संख्यामध्ये समग्रमा २५.२० प्रतिशत सिट संख्या खाली छ ।

कतिसम्म भने कुनै समय भर्नाका लागि निकै प्रतिस्पर्धा गर्नुपर्ने पुल्चोक, थापाथली जस्ता इन्जिनियरिङ क्याम्पसमा समेत सिटअनुसार विद्यार्थी भर्ना भएका छैनन् । विवरण अनुसार पुलचोक क्याम्पस लगायत पाँच आंगिक क्याम्पसमा क्याम्पसमा औसतमा ९० प्रतिशत भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । सम्बन्धन लिएर सञ्चालन भएका निजी कलेजमा भने निकै कम विद्यार्थी भर्ना भएका छन् । संस्थानले सार्वजनिक गरेको भर्ना अनुसार विवरण अनुसार चार हजार ३४४ सिट संख्यामध्ये एक हजार ९५ सिट खाली छ ।

पुल्चोक क्याम्पसमा १६ वटा कार्यक्रममा ६२४ सिट संख्या छ, जसमध्ये २ वटा सिट खाली छ । सिभिल इन्जिनियर रेगुलर (छात्रवृत्तितर्फ) १ र केमिकल इन्जिनियर पूर्ण शुल्कतर्फ १ सिट खाली छ । थापाथली क्याम्पसको १४ वटा कार्यक्रमको ४३२ सिटमध्ये २१ वटा सिट खाली छ । इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङको १२ सिटमध्ये रेगुलर (छात्रवृत्ति तर्फ) कार्यक्रममा १ सिट, मेकानिकल इन्जिनियरिङ कार्यक्रमको ३६ सिट मध्ये पूर्ण शुल्क तर्फ १ सिट, इन्डस्ट्रियल इन्जिनियरिङ ३६ सिट मध्ये पूर्ण शुल्कीयतर्फ ५ सिट खाली छ ।

त्यस्तै अटोमोबाइल इन्जिनियरिङको ३६ सिटमध्ये पूर्ण शुल्कतर्फ १३ वटा सिट, सिभिल इन्जिनियरिङको १०८ सिट संख्यामध्ये पूर्ण शुल्कतर्फ १ सिट खाली रहेको विवरण इन्जिनियरिङ अध्ययन संस्थानले सार्वजनिक गरेको छ । पश्चिमाञ्चल क्याम्पसमा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङको १२ सिटमध्ये नियमित (छात्रवृत्ति) तर्फ १ सिट, अटोमोबाइल इन्जिनियरिङको १२ सिटमध्ये नियमित (छात्रवृत्ति) तर्फ १ सिट, सिभिल इन्जिनियरिङको ३६ मध्ये नियमिततर्फ २ सिट खाली रहेको छ ।

इलेक्ट्रिकल इन्जिनियरिङतर्फ पूर्ण शुल्कको ९ सिट, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङको पूर्ण शुल्क तर्फ २ सिट, मेकानिकल इन्जिनियरिङ पूर्ण शुल्कतर्फ ३ सिट, जियोमेटिक्स इन्जिनियरिङ पूर्ण शूल्कतर्फ ८ सिट, अटोमोबाइल इन्जिनियरिङतर्फ ३६ सिटमध्ये ३२ खाली रहेको छ । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको इलेक्ट्रिकल इन्जिनियरिङ नियमिततर्फ १ सिट, एग्रिकल्चर इन्जिनियरिङ पूर्ण शुल्कतर्फ ३६ मध्ये ३१ सिट, मेकानिकल इन्जिनियरिङ पूर्ण शुल्कतर्फ ७२ मध्ये ३४, सिभिल इन्जिनियर पूर्ण शुल्कतर्फ १ सिट खाली रहेको छ ।

आंगिक क्याम्पसमा कक्षा सुरु भएको एक हप्तापछि एक पटक पुनः भर्ना आह्वान गर्ने संस्थानका सहायक डीन प्रा.डा.सुशील बज्राचार्यले बताए । निजी कलेजमा पछिल्ला केही वर्षयता १० प्रतिशत सिट रिक्त देखिए पनि यस पटक केही बढेको सहायक डिन बज्राचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top