ट्रेण्डिङ

होमपेज / समाज

सन् २०२४ मा ३६६ दिन : 'लीप यिअर' अर्थात् 'अधिवर्ष'

फेब्रुअरी २९, अतिरिक्त दिन वा लीप डे

नेपालगाथा २०८० पौष २९ गते आइतबार २०:४३:४७ मा प्रकाशित

यो वर्षको पात्रोमा पहिलाको तुलनामा एक दिन थपिएको छ। सामान्यतया एक वर्षमा ३६५ दिन हुन्छन्। तर सन् २०२४ मा वर्ष ३६६ दिन हुनेछन्। वर्षमा अतिरिक्त एक दिन हुँदा त्यसलाई ‘लीप यिअर’ अर्थात् 'अधिवर्ष' भनिन्छ।

यो वर्ष थपिएको एक दिन अङ्ग्रेजी पात्रोको सबैभन्दा छोटो महिनामा पर्छ। फेब्रुअरी २९ लाई 'लीप डे' अर्थात् अतिरिक्त दिन भनिन्छ र उक्त दिन कतिपय स्थानमा परम्परागत सांस्कृतिक र अन्धविश्वासमा आधारित गतिविधि गर्ने पनि चलन छ।

सामान्यतया ‘लीप यिअर’ हरेक चार वर्षमा आउँछ। यसअघि सन् २०२० मा ‘लीप यिअर’ थियो भने अब सन् २०२८ मा अर्को ‘लीप यिअर’ आउँछ।

‘लीप यिअर’ किन हुन्छ?

एक वर्षको पात्रोमा सामान्यतया ३६५ दिन हुन्छ। त्यो पृथ्वीले एक पटक सूर्यको परिक्रमा गर्न लाग्ने समय हो। तर ३६५ दशमलब घटाइएको अङ्क हो। पृथ्वीलाई वास्तवमा सूर्यको एक फन्को लगाउन ३६५.२४२१९० दिन लाग्छ । पृथ्वीलाई वास्तवमा सूर्यको एक फन्को लगाउन ३६५.२४२१९० दिन लाग्छ। अर्थात् ३६५ दिन पाँच घण्टा ४८ मिनेट र ५६ सेकेन्ड समय लगाएर पृथ्वीले सूर्यको परिक्रमा गर्छ।

यसलाई 'साइडिअरिअल' अर्थात् नाक्षत्रिक वर्ष भनिन्छ। साइडिअरिअल वर्षको अवधि पात्रोमा हुने वर्षभन्दा केही बढी हुन्छ। तसर्थ त्यसबाट अतिरिक्त घण्टा, मिनेट र सेकेन्ड घटाउने गरिन्छ। अनि निश्चित वर्षपछि अतिरिक्त दिन थप गरेर पात्रोमा मिलान गरिन्छ।

लीप यिअरमा के गर्ने चलन छ?

‘लीप यिअर’सँग विभिन्न परम्परा र अन्धविश्वासहरू विभिन्न समाजमा प्रचलित छन्। आयरल्यान्डमा अविवाहित महिलाहरूले 'लीप डे' अर्थात् फेब्रुअरी २९ का दिन आफूलाई मन परेको व्यक्तिलाई प्रेम वा विवाहको प्रस्ताव राख्न पाउँछन्। आयरल्यान्डमा 'लीप डे'मा महिलाहरूले पुरुषलाई प्रेमप्रस्ताव राख्छन् ।

अहिलेको महिलाहरूले जुनसुकै दिन पनि दिन पुरुषलाई प्रेमप्रस्ताव राख्न सक्छन्। तर यो परम्परा पाँचौँ शताब्दीदेखिको हो। यो सेन्ट ब्रिजेट र सेन्ट प्याट्रिकको किंवदन्तीमा आधारित छ। उक्त किंवदन्तीअनुसार ब्रिजेटले एक दिन प्याट्रिक भए ठाउँ गएर पुरुषहरूले प्रेम प्रस्ताव राख्न ढिलो गरेकाले महिलाहरूले विवाह गर्न धेरै समय पर्खिनुपरेको गुनासो गरेकी थिइन्।

उनले महिलाहरूलाई पनि प्रस्तावको अवसर दिन माग गरिन्। त्यस दिन महिलाले गरेको प्रस्ताव अस्वीकार गरे पुरुषले क्षतिपूर्ति दिनुपर्ने चलन पनि थियो। त्यस्ता पुरुषले प्रस्ताव गर्ने महिलालाई पन्जा वा रेसमको गाउन किनिदिनुपर्थ्यो। कतिपय संस्कृतिमा भने लीप डेलाई अशुभ दिन मान्ने गरिएको छ।

ग्रीसमा लीप यिअरमा विवाह नगर्न सल्लाह दिइन्छ। विशेष गरी लीप यिअरमा थपिएको दिन विवाह गरिँदैन। त्यहाँ लीप डेमा विवाह गरे सम्बन्धविच्छेद हुने ठानिन्छ। ग्रीकहरू लीप डेमा विवाह गर्दैनन्

स्कटल्यान्डमा मानिसहरू त्यस दिन "बोक्सीहरू" दुष्टकर्म गर्न भेला हुने विश्वास गर्छन्। केही स्कटहरू अझै पनि फेब्रुअरी २९ मा जन्म हुनुलाई अशुभ मान्छन्। तर अरू केही देशमा भने उक्त दिन शिशु जन्मिनुलाई शुभ मानिन्छ। कतिपय ज्योतिषीहरू लीप यिअरको अतिरिक्त दिन जन्मिएका मानिससँग दैवीशक्ति हुने ठान्छन्।

लीप डे किन फेब्रुअरीमा पर्छ?

अतिरिक्त एक दिनलाई फेब्रुअरीमा राख्ने अभ्यास प्राचीन रोममा जूलिअस सीजरको क्यालेन्डर सुधार गर्ने कामबाट सुरु भएको थियो। सीजरले जूलिअन क्यालेन्डर आरम्भ गराउँदा लीप यिअरलाई 'सोलर यिअर' अर्थात् 'सौर्य वर्ष' सँग मिल्ने गरी गणना गरियो। सन् १५८२ मा जूलिअन क्यालेन्डर ग्रेगोरिअन क्यालेन्डरका रूपमा विकसित भए पनि फेब्रुअरीमा लीप डे राख्ने चलनले निरन्तरता पायो। निश्चित वर्षपछि अतिरिक्त एक दिन थपेर पात्रोमा मिलान गरिन्छ ।

लीप यिअर नभएको भए के हुन्थ्यो?

लीप यिअर गणना गर्ने चलन नभएको भए पात्रोमा यामहरू कालान्तरमा एउटै समयमा नपर्न सक्थे। उदाहरणका लागि, ७०० वर्षको अवधिमा उत्तरी गोलार्धमा बर्खा याम जुन महिनामा नभई डिसेम्बरमा पुग्न सक्थ्यो।

लीप यिअर कस्तो अवस्थामा गणना हुँदैन?

अधिकांश मानिसहरूल लीप यिअर प्रत्येक चार वर्षमा एक पटक पर्छ। तर सधैँ त्यस्तो हुँदैन। यो साइडिअरिअल वर्षका कारण भएको भिन्नता हो। प्रत्येक चार वर्षमा आउने लीप डे ठ्याक्कै २४ घण्टाको हुँदैन। त्यो दिन २३.२६२२२२ घण्टाको हुन्छ। समयमा हुने त्यो भिन्नता पनि मिलान गर्नुपर्ने हुन्छ। अनि लीप यिअर तय गर्ने नियम पनि बनाइएको छ। चारले भाग गर्न सकिने वर्षले मात्र लीप यिअरको मान्यता पाउँछ। यद्यपि एउटा अपवाद पनि छ।

कुनै वर्षलाई १०० ले भाग गर्न सकिन्छ भने त्यो वर्षलाई लीप यिअरमा गणना गरिँदैन। तर कुनै वर्षलाई ४०० ले भाग गर्दा सग्लो अङ्क आउँछ भने त्यसलाई चाहिँ लीप यिअर मानिन्छ।

तपाईँलाई यो हिसाब जटिल लाग्यो कि?

सहज रूपमा बुझ्नका लागि केही उदाहरण हेर्नुहोस्:

सन् २००० लीप यिअर थियो किनभने यसलाई चार अङ्क र ४०० दुवैले भाग गर्न सकिन्थ्यो। तर यसअघिका सन् १७००, १८०० र १९०० लाई चार ले भाग गर्न सकिए पनि ४०० ले भाग गर्दा दशमलबमा अङ्क आउँथ्यो। त्यस कारण ती वर्षहरू लीप यिअर थिएनन्। अब सन् २१०० पनि लीप यिअर हुने छैन। बिबिसीबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top