ट्रेण्डिङ

होमपेज / समाज

कानुनी साक्षरता अभियानबाट धेरैले लाभ लिएका छन् - अधिवक्ता बिष्णु गिरी

नेपालगाथा २०८० पौष २८ गते शनिबार १८:२७:५४ मा प्रकाशित

काठमाडौ । अधिवक्ता बिष्णु कुमार गिरीले कानुनी साक्षरता अभियानबाट धेरैले लाभ लिएकाे बताएका छन् । अधिवक्ता गिरीले नगरपालिका गाउँपालिका तथा स्थानीय उपभोक्ता समिति तथा विद्यालयहरुमा कानुनी साक्षरताको अभियान सञ्चालन गरिरहेका छन् ।

नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय सदस्य समेत रहेका अधिवक्ता गिरीले सरकारी निकायले दिने सेवा सुविधाको लागि जारी गरिने बडा पत्रमा कुनै कार्यालयले समयमै कार्य सम्पन्न गर्न नसेको त्यसको क्षतिपूर्ति सेवाग्राहीलाई दिनुपर्ने ब्यबस्था गर्नु पर्ने बताउँछन् ।  

अधिवक्ता गिरी भन्छन, अहिले अधिकांस सरकारी कार्यालयको लेनलाईन फोन उठदैनन् । कार्यालयमा सूचना कक्ष त राखिएको हुन्छ तर त्यहाँबाट सेवाग्राहीले सूचना प्राप्त गर्न सकिरहेको अवस्था छैन । यस्तो अस्थामा सेवाग्रही सही समयमा सेवा पाउन नसक्ने अवस्था भएकोले क्षतिपूर्ति सहितको बडा पत्र हरेक सरकारी निकायले जारी गर्नु पर्छ ।

आम उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जानकारी गराउन पाए नेपालमा बढदै गएको भष्ट्रचारको अन्त्य हुने बताउने अधिवत्ता गिरी बिकसीत मुलुकका उपभोक्ता सचेत भएकोले नै त्यो देशले विकासमा फड्को मारेकाे बताए ।  

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेपछि अधिवक्ता बिष्णुकुमार गिरीको चर्चा थप चुलिएको छ । अधिवक्ता गिरीले अनलाईन नवीकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता विधेयक जस्ता जनसरोकारका मुद्दामा सफलता हासिल गरिसकेका छन् ।

कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यबस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भईरहेका बेला अधिवक्ता गिरीले कानुनी साक्षरता अभियानमा लागेका छन् ।

कानुनी साक्षरता अभियान अन्तरगत अधिवक्ता गिरीले विभिन्न स्थानीय निकाय, विद्यालय, सामुदायिक संघ संस्थाहरुमा कानून सम्बन्धी सचेतनामूलक कार्यक्रम गदै आएका छन् । विभिन्न पत्रपत्रिका तथा संञ्चारमाध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्तर्वार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिदै आएका छन् ।  
मेलमिलापकर्ता समेत रहेका अधिवक्ता गिरी पछिल्लो समय कानून सम्बन्धी विभिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिदै आएका छन् । स्थानीय तहमा रहेका न्यायिक समितिमा न्यायधीसकै ब्यबस्था गर्नुपर्ने पक्षमा वकालत गदै आएका अधिवक्ता गिरी जनसरोकारका विषय भेट्यो कि त्यसको कानुनी उपचारको लागि अदालतको ढोका ढक्ढक्याउन पुगि हाल्छन् ।

अधिवता गिरीले श्रमजीबि पत्रकार संघ , टि.आर.टी लगायतका संघ संस्थाका कानुनी सल्लाहकार समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top