होमपेज / समाज
रुपन्देही । डा. कृष्ण खरेलको अध्यक्षतामा नेपाल चिकित्सक संघ लुम्बिनीको १३ सदस्यीय नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको छ ।
निर्वाचन समितिका संयोजक श्रीधर आचार्यका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा डा. सन्दीप सुवेदी, उपाध्यक्षमा डा. वर्षा थापा, महासचिवमा डा. प्रकाश बस्नेत, कोषाध्यक्षमा डा. रमेश भट्टराई, सहसचिवमा डा. मोहनलाल तिवारी र सहकोषाध्यक्षमा डा. अमित चतुर्वेदी सर्वसम्मत भए ।
सदस्यहरुमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा. मनिष विश्वकर्मा, डा. राजेन्द्र बस्याल, डा. सदीक्षा चापागाईं र डा. आकाश शाही चयन भएको उनले जानकारी दिए ।
संघको लुम्बिनी शाखामा ४०० चिकित्सक आवद्ध छन् । देशभरका ३५ हजार चिकित्सक संघमा आवद्ध छन् ।