ट्रेण्डिङ

होमपेज / समाज

भारतबाट फर्किएका १० जना नेपालीमा कोरोना संक्रमण

नेपालगाथा २०८० पौष २३ गते सोमबार २०:१८:२९ मा प्रकाशित

कञ्चनपुर । भारतकाबाट घर फर्किएका १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ। भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल-भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए ।

हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ। गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन्। कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौँ पठाइएको प्रमुख साउदले बताए। ‘भेरिएन्ट एकिन गर्न नौ जनाको नमूना काठमाडौँ पठाएका छौँ’, उनले भने, ‘दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन।’

कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । राससबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top