ट्रेण्डिङ

होमपेज / समाज

ढकाल र पौडेल सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार र रजिष्ट्रारमा सिफारिस

नेपालगाथा २०८० पौष १८ गते बुधबार १२:४२:४३ मा प्रकाशित

काठमाडौं। सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि न्याय सेवा आयोगको आज बसेको बैठकले सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहनुभएका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।

यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ।मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएपछि उक्त पदहरू रिक्त थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top