ट्रेण्डिङ

होमपेज / समाज

ईपीएस भाषा परीक्षाको आवेदन भर्ने समय थप दुई दिन

नेपालगाथा २०८० पौष १७ गते मंगलबार २०:३१:२७ मा प्रकाशित

काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको छ । यसअघि आवेदन भर्न पुस १६ गतेदेखि १८ गतेसम्मको समय दिइएको थियो ।

सिपबिल्डिङको परीक्षामा सहभागी भएकाहरूका लागि उत्पादनशील क्षेत्रको आवेदन खुलाइएको छ ।

तर, गत शुक्रबार बालकुमारीमा भएको घटनामा दुईजनाको मृत्यु भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिपबिल्डिङमा फारम भरेका परीक्षार्थी समेत सहभागी हुन सक्ने देखिएकाले समय थप्ने निर्णय भएको शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top