ट्रेण्डिङ

होमपेज / समाज

सिमकोट बजारको फोहोर डम्पिङ साइटमा

नेपालगाथा २०८० पौष १७ गते मंगलबार १९:५९:२२ मा प्रकाशित

हुम्ला। सिमकोट गाउँपालिकाले पहिलो पटक डम्पिङ साइट निर्माण गरेर सञ्चालनमा ल्याएपछि सिमकोट बजारको फोहोर व्यवस्थापन भएकाे छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर ५ र ६ को हुमाने खोलामा सत्तरी लाख बजेट लगानी गरेर नयाँ डम्पिङ साइट निर्माण भएर सञ्चालनमा आएपछि सिमकोट बजारको फोहोर हटेको सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले बताइन् ।

गाउँपालिकाले डम्पिङ साइटका लागि ब्यक्तिको जग्गा १० वर्षका लागि मासिक सात हजार भाडा दिने गरी लिजमा लिएको छ । यसअघि डम्पिङ साइट नहुँदा सिमकोट बजार निकै दुर्गन्धित हुने गरेको थियो । जसले गर्दा पर्यटकीय क्षेत्रका रुपमा रहेको सिमकोट बजारको स्वरुप नै कुरुप देखिने गरेको थियो ।

फोहोर ब्यवस्थापनका लागि हप्ताको प्रत्येक शुक्रबार ट्याक्टरबाट फोहोर उठाउने कार्य गरिएको छ । बजार क्षेत्रमा फोहोर उठाउन ट्याक्टर आउन थालेपछि बजारवासीले घरघरबाट फोहोर ल्याएर ट्याक्टरमा राख्न थालेका छन् ।

फोहोर उठाए बापत गाउँपालिकाले बजारवासीसँग केही शुल्क समेत लिने गरेको छ। यसरी फोहोर उठाउन थालिएपछि सिमकोट बजार सफा र सुग्घर देखिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top