होमपेज / समाज
काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनाका पीडित परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतक परिवारका प्रतिनिधिबीच भएको छलफलमा उक्त सहमति भएको हो ।
छलफलमा मृतक परिवारका एक/एक जना सदस्यलाई उपयुक्त खालको रोजगारी दिने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन सहजीकरण गर्ने, मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाही गर्न गृहमन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनुरोध गर्ने र मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई गृहजिल्लामा पुर्याउन गृहमन्त्रालयले प्रबन्ध मिलाउने सहमति भएको छ।
गत १३ गते शुक्रबार ईपीएस कोरिया शाखा कार्यालयमा फाराम भर्ने विषयमा भएको प्रदर्शनका क्रममा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो ।
