ट्रेण्डिङ

होमपेज / समाज

बालकुमारीमा हत्या गरिएका परिवारको ११ बुँदे माग

घटनास्थलको सिसिटिभी फुटेज सुरक्षित राखी छानबिनको माग, शहीद घोषणादेखि परिवारका एकजनालाई रोजगारीसम्म

नेपालगाथा २०८० पौष १५ गते आइतबार १०:३६:५३ मा प्रकाशित

काठमाडौं । बालकुमारी घटनामा मृत्यु भएका दुईजना वीरेन्द्र शाह र सुजन रावतका परिवारले ११ बुँदे माग पत्र प्रधानमन्त्रीलाई बुझाउँदै उचित क्षतिपूर्तिको माग गरेका छन् । पीडित परिवारको तर्फबाट मृतक सुजन रावतका मामा टेकबहादुर कटुवालले प्रधानमन्त्रीलाई सो माग पत्र बुझाएका हुन् ।

शनिवार मृतकका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गर्न माग गरिएको हो ।

कोरियन भाषा परीक्षाका सम्बन्धमा असन्तुष्टि जनाउँदै भएका आन्दोलनमा दुई जनाको मृत्यु भएको थियो । यस्तै आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनिती गरी उनीहरूको अवस्था सार्वजनिक गर्न पनि माग गरिएको छ ।

आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई निःसर्त रिहा गर्न पनि मृतकका परिवारले माग गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top