ट्रेण्डिङ

होमपेज / समाज

बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने सरकारकाे निर्णय

नेपालगाथा २०८० पौष १४ गते शनिबार १६:१३:०१ मा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद्काे आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १०/१० लाख दिने निर्णय गरेको छ । सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने  र उक्त घटनामा घाइतेहरुकाे उपचारमा लागेकाे खर्च सरकारले बेहाेर्ने निर्णय गरेकाे छ ।

शुक्रबार बिहान ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा २ जना युवकको मृत्यु भएको थियो । बालकुमारी घटनाबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्क आकस्मिक बैठक बोलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top