ट्रेण्डिङ

होमपेज / समाज

जनयुद्ध दिवस मनाउने सरकारी निर्णयमा अदालतको रोक

नेपालगाथा २०८० पौष १३ गते शुक्रबार १९:२४:१६ मा प्रकाशित

काठमाडौं । फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णयमा रोक लगाएको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले शुक्रबार सो आदेश दिएको हो । रिट निवेदकले माओवादीले युद्ध थालेको दिनलाई राष्ट्रिय दिवस मनाइँदा उनीहरुबाट मारिएका हजारौं द्वन्द्वपीडित र तीनका परिवारमाथि अन्याय हुने जिकिर गरेका थिए ।

अदालतले अबदेखि जनयुद्ध दिवसमा बिदा नदिन सर्वोच्चको आदेश दिदै शान्ति प्रकृयाका कार्यभार पूरा नहुदै गरिएको सार्वजनिक विदाले पीडितलाई थप पीडाबोध भएको व्याख्या गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top