ट्रेण्डिङ

होमपेज / समाज

माध्यमिक तह शिक्षकका लागि दरखास्त आह्वान

नेपालगाथा २०८० पौष ८ गते आइतबार ०७:५८:४९ मा प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

आयोगले आइतबार निकालेको सूचनाअनुसार न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने जनाएको छ ।

इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top