ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंमा आज वर्षकै चिसो तापक्रम

नेपालगाथा २०८० पौष ३ गते मंगलबार १०:४९:४४ मा प्रकाशित

काठमाडाैं | काठमाडौं उपत्यकामा चिसो बढेको छ । आज बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यो यसवर्षकै सबैभन्दा कम हो । काठमाडौंमा आज दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ।

सोमबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस थियो । मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.८ डिग्री सेल्सियस झरेका थियो । 

आगामी दिनमा न्यूनतम तापक्रम अझै घट्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top