ट्रेण्डिङ

होमपेज / समाज

पूर्व गृहमन्त्री खाँण जेलमुक्त

नेपालगाथा २०८० मंसिर २९ गते शुक्रबार २३:१५:१० मा प्रकाशित

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण ७ महिना जेल बसेर शुक्रबार छुटेका छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थिए । उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएका थिए ।

खाँणले आइतबार जिल्ला अदालत काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाए । त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो ।

शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख धरौटीमा छाड्न आदेश दियो । खाँणले बैंक ग्यारेन्टी राखेका छन् । अख्तियारले साधारण तारेखमा छाड्ने निर्णय गरेको प्रवक्ता नरहरि घिमिरेले बताए ।

अदालत, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट छुटेपछि खाँण थुनामुक्त भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top