ट्रेण्डिङ

होमपेज / समाज

३० लाख धरौटीमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई रिहा गर्न आदेश

नेपालगाथा २०८० मंसिर २८ गते बिहीबार १९:४३:१४ मा प्रकाशित

काठमाडाैं | पूर्व गृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटीमा रिहा हुने भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा रिहा गर्न आदेश गरेपछि खाँण कारागारमुक्त हुने भएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाँण अघिल्लोपटक सुनुवाइ हुँदा न्यायाधीशहरूको राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र प्रकाश खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।

उच्च अदालत नियमावली २०७३ को नियम १२ मा राय बाझिएको अवस्थामा तेस्रो न्यायाधीशको निर्णय अन्तिम मानिने व्यवस्था छ ।

बिहीवार न्यायाधीश कोइरालाको राय न्यायाधीश पाण्डेसँग मिलेपछि खाँण धरौटीमा छुट्ने पक्का भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top