ट्रेण्डिङ

होमपेज / समाज

नेपाल प्रहरी श्रीमती संघबाट जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई राहत वितरण

नेपालगाथा २०८० मंसिर २७ गते बुधबार १९:३४:४५ मा प्रकाशित

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघद्वारा राहत वितरण गरिएकाे छ । कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलगायत कार्य समितिका पदाधिकारीबाट राहत सामाग्री वितरण गरिएको हाे ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर १ राउत गाउँमा रहेका भूकम्प पीडितहरू सुत्केरी महिला- ४२, विद्यार्थी- ५०, मृतकका आफन्त - ३१, ज्येष्ठ नागरिक - ४ गरी जम्मा १२७ घरपरिवार र रूकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर - १४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हाे । भूकम्पबाट पीडित भएका विद्यार्थीहरूको लागि झोला, कापी र कलमका साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी स्विटर वितरण गरिएको थियो  ।

 

राहात वितरणको क्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले जाजरककोट र रूकुम पश्चिममा स्थलगत रूपमा पुगी भूकम्प प्रभावित व्यक्ति, परिवारलाई आफूहरूले गरेको मानवीय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुने बताउनुभयाे । यस्तो विपदको समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नु हामी सबैको साझा दायित्व भन्दै अध्यक्ष कुँवरले भूकम्पमा ज्यान गुमाएका नागरिकहरू प्रति श्रद्धान्जली तथा शोक सन्तप्त परिवारप्रति समवेदना र घाईते व्यक्तिहरूको सीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने नेपाल प्रहरी श्रीमती संघले सदैव पीडामा परेका नागरिकहरूलाई जुनसुकै परिस्थितिमा पनि सेवा प्रदान गर्नको लागि अहोरात्र खटिरहेको र भूकम्प पीडित परिवारहरूलाई तत्काल राहत प्रदान गर्नको लागि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट रू ५ लाख ५५ हजार ५ सय ५५ रूपैँया उपलब्ध गराईसकेको समेत जानकारी गराउनु भयो ।

राहत वितरण कार्यक्रममा श्रीमती संघकी अध्यक्ष कुँवरलगायत महासचिव अनुश्री पाख्रीन, केन्द्रीय कार्यसमिति सल्लाहाकार निलम कडायत, सह-कोषाध्यक्ष कमला खनालका साथै नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष बिन्दु अधिकारी ढकाल र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा आठविसकोट नगरपालिकाका उप-प्रमुख धन कुमारी कुसारीलगायत स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top