ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय युवा संघले सात प्रदेश सात शनिवार सात सभा आयोजना गर्ने

विभिन्न विभाग, आयोग प्रमुख, उपप्रमुख, प्रदेश इन्चार्ज र सहइन्चार्ज नियुक्त

नेपालगाथा २०८० मंसिर २२ गते शुक्रबार ११:२७:१५ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले  विशेष सर्कुलर जारी गर्दै सबै प्रदेशमा प्रदेश इन्चार्ज र सह इन्चार्ज तोकेको छ । राष्ट्रिय युवा संघले सात प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशका लागि इन्चार्ज र सह इन्चार्ज तोकेको छ ।

संघले १११ सदस्यीय स्थायी कमिटी समेत तयार गरेकाे संघले विभिन्न विभाग र आयोगमा प्रमुख उपप्रमुख र सचिव नियुक्त गर्नुका साथै जिल्ला इन्चार्जको जिम्मेवारी समेत ताेकिएको छ ।

आगामी पौष २१ गते देखि लगातार सात प्रदेश सात शनिवार सात सभा आयोजना गर्ने समेत जनाइएको छ । त्यसका लागि सात कमान्डर समेत तोकिएको छ। पौष २१ गते धनगढीबाट सुरु हुने अभियान माघ ६ गते झापामा टुङ्गाउने राष्ट्रिय युवा सङ्घको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top