होमपेज / समाज
जाजरकोट । मध्यपहाडी यात्रामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार जाजरकोटमा एमाले स्वयंसेवकहरूले गरेकाे कामकाे प्रशंसा गरेका छन् । ओलीलाई स्वयंसेवकको नेतृत्व गरिरहेका किरण पौडेलले ब्रिफिङ गरेका थिए ।
एमालेले एक हजार पार्टी स्वयंसेवकलाई भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा कम्तिमा १५ दिन काम गर्ने गरी खटाएको छ । उनीहरूले भूकम्प प्रभावित बस्तीमा भत्किएका संरचना हटाउने, सरसमान मिलाउने र घरबारविहीन रहेका परिवारका लागि अस्थायी घरटहरा बनाइरहेका छन् ।

एमाले अध्यक्ष ओलीले पार्टी स्वयंसेवकको कामको प्रशंसा गर्दै जनताको दुःखमा साथ दिन निर्देशन दिएका थिए । १४ मंसिरमा बैतडीबाट सुरु भएको एमालेको मध्यपहाडी अभियानका क्रममा टाेली अाज जाजरकाेट पुगेकाे हाे । झुलाघाटबाट शुरू भएकाे अभियान चिवाभञ्ज्याङ पुगेर टुंगिने छ ।