ट्रेण्डिङ

होमपेज / समाज

टिकटकमाथि प्रतिबन्धबिरुद्ध दायर रिटको सुनवाई स्थगित

नेपालगाथा २०८० मंसिर ४ गते सोमबार १९:५७:१९ मा प्रकाशित

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिट हेर्न नभ्याइने भएपछि सुनुवाइ रोकिएको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटसहित १० वटा रिटमा आजदेखि सुनुवाइ तोकिएको थियो ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदन दायर भएका छन् । सवै रिटको सुनुवाई एकसाथ गर्ने भन्दै न्यायाधीश डा. कुमार चुडालको इजलासमा तोकिएकोमा आज हेर्न नभ्याइनेमा राखिएको छ ।

सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । नियमन गर्नुको साटो प्रतिबन्ध लगाएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

न्यायाधीश चुडालको संयुक्त र एकल इजलास रहेकोमा एकल इजलासमा टिकटकको रिटको सुनुवाई तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top