ट्रेण्डिङ

होमपेज / समाज

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियाे छठ पर्व

नेपालगाथा २०८० मंसिर ४ गते सोमबार ०८:२८:३४ मा प्रकाशित

काठमाडाैं | विभिन्न विधि गर्दै  चार दिनसम्म मनाइने पर्वको चौथो दिन आज देशका विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै छठ पर्व सकिएकाे छ।  ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ समापन गरेका हुन् । 

बर्तालुले पञ्चमीको ‘खरना’ विधियता निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका छन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ । 

पर्व सकिएसँगै घरघरै प्रसाद खाने/खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्युमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी/चेली (छोरी, दिदीबहिनी, फूपू), मित/मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।

राजधानी काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top