ट्रेण्डिङ

होमपेज / समाज

छठ पर्वले आपसी सद्भाव थप सुदृढ गर्न प्रेरणा मिलाेस् - राष्ट्रपति

नेपालगाथा २०८० मंसिर ३ गते आइतबार ०९:०२:३५ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा सुख, शान्ति र समृद्धिका कामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top