ट्रेण्डिङ

होमपेज / समाज

विपदको समयमा खानेपानी तथा सरसफाइका कुरा जानिराखाैं

नेपालगाथा २०८० मंसिर १ गते शुक्रबार २०:३६:५३ मा प्रकाशित

विपदको समयमा खानेपानी तथा सरसफाइ अत्यन्त महत्वपूर्ण हुने गर्छ । विपदकाे समयमा अलिकता पनि ख्याल पुर्याउन नसक्दा राेगले महामारीकाे रूप लिन सक्छ । तसर्थ विपदकाे समयमा सरसफाइमा कसरी ध्यान दिने भन्नका लागि निम्न कुरामा ध्यान दिनु जरूरी छ । 

- क्लोरीन कोल वा ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धीकरण गरेको पानी मात्र पिऔं।
- शुद्धीकरण गरेको पानी सधैँ सफा भाँडामा छोपेर राखौं। पानी निकाल्ने भाँडा सधैँ सफा राखौं।
- सडेगलेका, बासी र झिंगा भन्केका खाने कुराहरु नखाऔं।
- काँक्रो, गाँजर, फलफूल जस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर खाने गरौं।
- खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि सधैं साबुनपानीले मिचिमिचि हात धोऔं। 

- जथाभावी दिसा पिसाब नगरौं र नगराऔं।

- चर्पीमा मात्र दिसा पिसाब गर्ने गरौं र बच्चाको दिसालाई पनि चर्पीमा नै बिसर्जन गरौं।

- फोहरलाई सधैं निश्चित ठाउँमा सहि तरीकाले व्यवस्थापन गरौं।
- खोक्दा, हाच्छ्यूँ गर्दा सफा कपडाले नाक मुख छोप्ने गरौं।
- झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा खोकी तथा टाईफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिक्रिया

सम्बन्धित खवर

Top