होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका चारवटा भवन आज एकै दिन शिलान्यास भएका छन् । विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले केन्द्रीय पुस्तकालय भवन, ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्ट भवन, अनुसन्धान तथा विकास केन्द्र भवन र परीक्षा व्यवस्थापन कार्यालयको भवन आज एकै दिन उद्घाटन गरेका हुन् ।
यी चारवटै भवन २०८२ असोज २१ गते सम्पन्न गर्ने गरी विभिन्न ठेकेदार कम्पनीहरुलाई विश्वविद्यालयले भ्याटबाहेक ५२ करोड रूपैयाँमा ठेक्का दिएकाे छ । विश्वविद्यालयका चारवटै भवनको संयुक्तरुपमा शिलान्यास गर्दै उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले आफ्नो कार्यकालमा विश्वविद्यालयले भौत्तिक र शैक्षिक रुपमा ठुलो फड्को मारेको बताए ।
.jpg)
‘म आइसकेपछि विश्वविद्यालयले भौत्तिक र शैक्षिक रुपमा ठुलो फड्को मारेको छ । जसको परिवर्तन बाहिरबाट समेत देख्न सकिन्छ,’उपकुलपति सिंहले भने, ‘यी बन्न लागेका संरचनाहरुले विश्वविद्यालयलाई थप उचाईमा पुर्याउने छ । उनले विश्वकै नमूनाका रुपमा पुस्तकालयको भवन, म्यानेजमेन्ट भवन, अनुसन्धान तथा विकास केन्दकाे भवन र परीक्षा व्यवस्थापन कार्यालयको भवन निर्माण हुने दावी गरे ।
भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अपनाएर पूँजीगत बजेटलाई शतप्रतिशत खर्च गरेर नेपालको रेकर्डमा हामीले नयाँ सिकाई ल्याएका छौं ।’ शिलान्यास कार्यक्रममा विश्वविद्यालयका रजिष्टार नारायण पौडेल, विभिन्न संकायका डिन, डिपार्ट प्रमुख र प्राध्यापकहरुको सहभागिता रहेको थियो ।