ट्रेण्डिङ

होमपेज / समाज

चीन सरकारद्वारा औषधिसहित ३० करोड बराबरको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण

नेपालगाथा २०८० कार्तिक २२ गते बुधबार २०:२१:४३ मा प्रकाशित

पोखरा । छिमेकी मुलुक चीनले ३० करोड रुपैयाँ बराबरको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। कर्णाली प्रदेशमा गएको भूकम्पबाट प्रभावितहरुका लागि राहत सामग्री बोकेका चिनियाँ जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। 

बुधबार पोखरामा नेपालका लागि चिनियाँ राजदूतले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई राहत सामग्री हस्तान्तरण गरे। 

एयरक्राफ्टमार्फत् ४ हजार ६०० वटा कम्बल र ६०० सय टेन्ट आएको नेपालस्थित चिनियाँ दूताबासले जनाएको छ। यस्तै, केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको बताइएको छ। जसमा २ हजार ३०० टेण्ट, २ हजार कम्बल, ७०० टर्पलिन, ५०० वटा महामारी रोक्ने स्पेयर र १० हजार वटा लामखुट्टे मार्ने औषधि रहेका छन्। 

बुधबार बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने छ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे। नेपाल र चीन ऐतिहासिक मित्र देश भएको, दुबै मुलुक एकअर्काको दु:खमा साथमा रहेको र अहिले प्राप्त द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top