होमपेज / समाज
सुर्खेत । सूर्य नेपालले शुक्रबार जाजरकोटकोे रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पबाट पीडित बनेका नागरिकका लागि पाँच सय बोरा चामल, ८५ बोरा दाल, पाँच सय थान ब्लाङ्केट र पाँच सय थान त्रिपालसहितको राहत सामाग्री सहयोग गरेको छ।
उक्त राहत सामाग्री सूर्य नेपाल कर्णाली प्रदेश इन्चार्ज विदुर अधिकारी र क्षेत्रीय प्रवधन्क सुवासचन्द बरालले जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरेका हुन्।
.jpg)
.jpg)