होमपेज / समाज
काठमाडौं । जाजरकोटकाे भूकम्पमा परेर मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी गृह मन्त्रालयले आफन्तलाई बुझाएको छ । प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन् । घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन् भने एक सय १० जना उपचाररत छन् ।
भूकम्पबाट अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छन् भने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ ।