ट्रेण्डिङ

होमपेज / समाज

सरकारले भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने

नेपालगाथा २०८० कार्तिक १९ गते आइतबार ११:३२:४५ मा प्रकाशित

काठमाडौं । जाजरकोटमा केन्द्रविन्दू भएर गएकाे भूकम्पमा परी घाइते भएकाहरुकाे सम्पूर्ण उपचार सरकारले नि:शुल्क गर्ने भएकाे छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठक पछि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जति ठूलाे उपचार भए पनि नि:शुल्क हुने बताए ।

उनले भने- सबै अस्पतालमा निःशुल्क उपचारका लागि सबै अस्पताललाई भनेका छौँ । यस्तै बैठकमा भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुन निर्माणका विषयमा छलफल भएको छ ।

मन्त्री मोहन बस्नेतले २०७२ सालको भूकम्पपछि भएका नीतिगत र व्यवहारिक कमीजोरीहरुलाई सच्याउँदै राहत र पुननिर्माणको काम अगाडि बढाइने बताए ।

यस्तै बैठकमा खाद्यान्न र बसोबासका लागि तत्काललाई व्यवस्थापन गर्ने आवश्यक सामग्रीहरू तीन भित्र घटनास्थलमा पुर्‍याएर कुनै पनि कुराको कमी हुने नदिने गरी सरकारले काम गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top