ट्रेण्डिङ

होमपेज / समाज

भूकम्प पीडितका लागि राहत कोषको घोषणा

नेपालगाथा २०८० कार्तिक १८ गते शनिबार १५:१०:४९ मा प्रकाशित

काठामाडौं । शुक्रबार राति गएकाे बिनासकारी भूकम्पबाट प्रभावित क्षेत्रमा पीडितका लागि राहत कोषको घोषणा भएको छ । राहत कोषमा नेपाल सरकारले ५ करोड, कोशी सरकारले एक करोड नगद र एक ट्रक राहत सामग्री, सुदूरपश्चिम सरकारले १ करोड नगद र २० जना स्वास्थ्यकर्मी, बागमती प्रदेश सरकारले एक करोड ५० लाख दिने निर्णय गरेको छन् । यसैगरी नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा ५ दिनसम्मका लागि फोन र एसएमएस निःशुल्क सेवा दिने गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेपछि नेपाल सरकारले जाजरकोट र रुकुमपश्चिममा तत्काल जिल्ला विपद् व्यवस्थापन कोषामा सरकारले ५ करोड रूपैयाँका दरले पठाउने निर्णय गरेकाे हाे ।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्दार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा दिने भन्दै तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय सरकारले गरेको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले घाइतेको तत्काल औषधि उपचारको व्यवस्थाका लागि आवश्यक पर्ने औषधि तथा विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, अत्यावश्यक औषधि उपकरहरू छिटो साधनमार्फत तत्काल परिचालन गर्ने र थप उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा तयारी अवस्थामा राखी सो कार्यको नेतृत्व तथा व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय समेत गरेको छ ।

प्राथमिक राहत व्यवस्थापनका लागि खाद्यान्न, अस्थायी आवास (टेन्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लिपिङ ब्याग आदि), सुर्खेत, नेपालगञ्ज र काठमाडौंमामा रहेका भण्डारणबाट भूकम्प प्रभावित जिल्लाको आवश्यकताका आधारमा तत्काल परिचालन गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top