होमपेज / समाज
काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएराति गएकाे ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ भने १६५ जना घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन् । घाइते मध्ये जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना रहेका छन् ।
घाइतेमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ । २२ जनालाई सुर्खेत रिफर गरिएको छ । यस्तै रुकुम पश्चिममा घाइतेमध्ये ३० जना डिस्चार्ज भएका छन् । ४० जना उपचाररत रहेका छन् । १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको छ ।