होमपेज / समाज
काठमाडौं । आज दसैँको टीकाकाे तेस्रो दिन । दसैँको मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज पनि मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ ।
टाढाटाढा जानु पर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने प्रचलन रहेकाे छ ।
नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट मंगलबार टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो ।