होमपेज / समाज
काठमाडौं । न्यायाधीश समाजको अध्यक्षमा मंगलबार भएको साधारणसभाले सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । वरिष्ठतम न्यायाधीशको हैसियतले न्याय परिषद्को सदस्य भएपछि अध्यक्ष ईश्वरप्रसाद खतिवडाले राजीनामा दिएपछि २ वर्ष कार्यकालअघि नै निर्वाचन भएको हो ।
समितिको उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । समाजको महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल र कोषाध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश बालेन्द्र रुपाखेती निर्वाचित भएका छन् ।
सदस्यहरुमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, राजेश्वर तिवारी, उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल र जिल्ला न्यायाधीश दुर्गा खड्का चयन भएको समाजले जनाएको छ ।