ट्रेण्डिङ

होमपेज / समाज

पेट्रोल र डिजेलको मूल्य घट्यो 

नेपालगाथा २०८० आश्विन २८ गते आइतबार २०:४४:५९ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य घटाएको छ। भारतबाट नै मूल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मूल्य प्रणाली अनुसार मूल्य घटाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । 

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएपछि नेपालमा पनि पेट्रोलमा प्रतिलिटर ११ र डिजेलमा १५ रुपैयाँ घटेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १६९.५, दोस्रो वर्गमा १७१ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेलको प्रतिलिटर डिजेलको पहिलो वर्गमा १६्५.५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा १६८ रुपैयाँ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top