ट्रेण्डिङ

होमपेज / समाज

नेपाल वायुसेवा निगमको जहाज विद्यार्थी लिन इजरायलतर्फ प्रस्थान

नेपालगाथा २०८० आश्विन २५ गते बिहीबार १०:२४:४५ मा प्रकाशित

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज इजरायलमा रहेका नेपाली विद्यार्थी लिन इजरायल पठाइएको छ । आज बिहान साढे २ बजे नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् । 

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्दार गर्न परराष्ट्र मन्त्रालयको एक टोली  गएको हो । 

हिजो बसेको मन्त्रिपरिषद् बैठकले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई ल्याउन मन्त्री साउदलाई पठाउने निर्णय गरेको थियो । छुट्टै आउन चाहनेहरूको खर्च पनि सरकारले नै बेहोर्ने भएको छ । परराष्ट्र मन्त्रालयले २८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक रहेको बताएको छ । शनिबार विद्रोही समूह हमासले दक्षिण इजरायलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top