होमपेज / समाज
बझाङ । गए राति सुदूरपश्चिमकाे बझाङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु भएर गए राति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पविद् डा. शिव सुवेदीले गए राति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बझाङमा गत मङ्गलवार यता पटक-पटक भूकम्पको परकम्प गएका छन् ।
गत मङ्गलवार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो ।