ट्रेण्डिङ

होमपेज / समाज

अख्तियार सुर्खेतद्वारा प्रदेश प्रमुख परियार समक्ष वार्षिक प्रतिवेदन पेश

सबैभन्दा बढी स्थानीय तहका उजुरी

नेपालगाथा २०८० आश्विन २४ गते बुधबार १७:१२:५१ मा प्रकाशित

सुर्खेत ।  कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले वार्षिक प्रतिवेदन पेश गरेको छ । आज कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा आयोगका सुर्खेत कार्यालय प्रमुख माधवप्रसाद पोखरेलले नेपालको संविधानको धारा २९४ को परिच्छेद ८ अनुसार ४७४ पृष्ठको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख परियार समक्ष पेश गरेका हुन् ।

उक्त प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख परियारले मुलुकको सुशासन र विकास विरुद्ध हुने भ्रष्टाचारजन्य कार्य निवारण तथा न्यूनीकरण आयोगको महत्वपूर्ण भूमिका रहेको बताए । उनले हरेक कोही व्यक्ति आफुले आफ्ना लागि ईमानदार भईदिए धेरै हदसम्म भ्रष्टाचारजन्य कार्य नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

‘अख्तियारका आगामी सञ्चालन हुने गतिविधिसहित कार्यसम्पादनले प्रभावकारिता बढोस्,’ उनले भने, ‘गलत नियत राख्नेहरु निरुत्साहित बनुन् र नागरिकलाई सुशासनको प्रत्याभूति होस् ।’ उक्त कार्यक्रममा कार्यालय प्रमुख पोखरेलले आयोग सुर्खेत कार्यालयले आव २०७९/८० मा गरेका कार्यसम्पादनबारे प्रदेश प्रमुखलाई प्रस्तुतिमार्फत जानकारी गराएका थिए ।

गत आवमा चिठीपत्र, ईमेल, पत्रपत्रिका, टेलिफोन, फ्याक्सलगायत माध्यमबाट दुई हजार ९६ उजुरी परेकामा ११५२ फछ्र्यौट भएको र बाँकी ९४४ बाँकी रहेका छन् । ती मध्ये ५३५ उजुरी चालु आव २०८०/८० मा सरिआएको उनले बताए । उनका अनुसार सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top