होमपेज / समाज
काठमाडौं । इजरायलबाट घर फर्किने चाहना भएका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि प्रभावकारी पहल गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।
सरकारलाई पत्र पठाउँदै आयोगले १० नेपालीकाे शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीहरुको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न पनि आग्रह गरेको छ ।
विश्वको जुनसुकै मुलुकमा र जुनसुकै अवस्थामा रहेका भए पनि नेपाली नागरिकहरुको मानव अधिकारको सम्मान तथा संरक्षण गर्नु सरकारको दायित्व भएको आयोगले स्मरण गराएको आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।