ट्रेण्डिङ

होमपेज / समाज

तलब खुवाउन नसक्दा वीरका करार कर्मचारी हटाउनुपर्याे - मन्त्री बस्नेत

नेपालगाथा २०८० आश्विन २३ गते मंगलबार १६:२२:४४ मा प्रकाशित

काठमाडौं । कोभिड–१९ को बेला नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसक्ने भए पछि हटाउनु परेकाे स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्था रहेको दाबी गरे ।

वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीको करार स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा थप नगर्ने निर्णय भएको थियो । यसले अस्पतालको सेवा प्रवाह प्रभावित भएको छ । मन्त्री बस्नेतले भने चाँडो नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गर्ने बताएका छन् ।

स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै उनले छिट्टै चिकित्सा शिक्षा ऐन संशोधन गरिने समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top