ट्रेण्डिङ

होमपेज / समाज

दशैं नजिकिएसँगै आजदेखि अग्रिम टिकट बुकिङ खुला

नेपालगाथा २०८० आश्विन २२ गते सोमबार १०:५१:४८ मा प्रकाशित

काठमाडाैं | दशैं पर्व नजिकिएसँगै सरकारले सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउन घर जानेहरूलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ ।अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायत ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौलाले यसपालिको दशैँमा घर जान यात्रुले सहजै टिकट पाउने बताए । सरकारले दशैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गर्ने तयारी गरेको छ । 

यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ । जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ ।

सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्ने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top