होमपेज / समाज
काठमाडौं । चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरीले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारका लागि निःशुल्करूपमा बस सेवा सञ्चालन गर्ने भएको छ । चाडपर्वको बेला घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीहरूको आवतजावतमा यातायात सहजताका लागि गत वर्षदेखि सञ्चालन भएको निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ । अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।
दसैँको अवसरमा काँकडभिट्टाका लागि दिउँसो २ बजे र गड्डाचौकीका लागि बिहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ गतेदेखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्ने छ ।