होमपेज / समाज
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ चाँदनी चोकमा रहेको लगनशील लघुउद्यमी महिला कृषक समूहमा दुना, टपरी उद्योगका लागि व्यवसायिक योजना निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ । भिएपो नेपालको आर्थीक सहयोग, राष्ट्रिय कृषक समूह महासंघ नेपालको प्राविधिक सहयोगमा समूहका उद्यमीहरुलाई तालिम प्रदान गरिएको हो ।
समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि वडा नं. ९ का अध्यक्ष ऋषि गिरीले महिला उद्यमशीलताका लागि आफू सधै लागिरहेको र यो उद्योगका लागि वडा सरकारबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताउनुभयो । अध्यक्ष गिरीले दुना, टपरीका लागि आफूले सक्ने बजारीकरण गर्ने काममा समेत सहयोग गर्ने बताउनु भयो ।
तालिमका प्रशिक्षक मोहन सिहं रानाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सकेमा त्यसको प्रत्यक्ष प्रभाव आर्थिक वृद्धिमा पर्ने बताउनुभयो ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष सशीराम आचार्यले महासंघ सधै कृषको हक र हितका लागि काम गरिरहेकाले किसानका उचित मागहरुका बारेमा सरकारले उचित ध्यान दिनुपर्ने बताउनुभयो । यसैगरी राष्ट्रिय कृषक समूह महासंघ नेपालका कर्णाली प्रदेशका अध्यक्ष सन्तबहादुर केसीले कर्णाली प्रदेशका कृषक दाजुभाइृ दिदीबहिनीहरुलाई आत्म निर्भर बनाउनका लागि व्यवसायिक योजना निर्माण सम्बन्धीको तालिम सञ्चालन गरेको जानकारी दिनुभयो ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा स्थानीय २५ जना कृषकहरु सहभागी भएको सहजकर्ता टिका चालिसेले नेपालगाथालाई बताउनुभयो ।