ट्रेण्डिङ

होमपेज / समाज

बागमती प्रदेश अधिवेशनको निर्वाचन तालिका बुधबार बिहानदेखि

असोज ११ गते बिहान ११ बजेदेखि मतदान

नेपालगाथा २०८० आश्विन ९ गते मंगलबार १९:४०:०५ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन तालिका बुधबार (भोलि) बिहान ८ बजेदेखि हुने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा असोज ११ गते बिहान ११ बजेदेखि मतदान हुने तय भएको छ । निर्वाचन कार्यक्रम पार्टी प्रदेश कार्यालयबाट हुने एमालेले जनाएको छ ।

तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन, ९ देखि ११ बजे उम्मेदवारी मनोनयन, ४ बजे उम्मेदवारी फिर्ता, साँझ ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन हुने भएको छ ।

त्यस्तै, बेलुका ६ बजे उम्मेदवारको नाम विद्युतीय मेशिनमा राखिनेछ । मतदान भने असोज ११ गते बिहीबार बिहान ११ बजेबाट हुने भएको छ । अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् । अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top