ट्रेण्डिङ

होमपेज / समाज

“मध्यपश्चिम विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कबीच सम्झौता सम्पन्न”

नेपालगाथा २०८० आश्विन ७ गते आइतबार २१:२८:४९ मा प्रकाशित

​​सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरईएन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहज्यू र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरईएन) का अध्यक्ष ई. लोचनलाल अमात्यबीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान तथा शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क स्थापना गर्ने मुख्य उद्देश्यका साथ मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थित हलमा एक समारोह बीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्नुहुँदै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहज्यूले एनआरईएनले विगतमा गरेको सहकार्य र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत शैक्षिक एवं अनुसन्धानात्मक कार्य थप अगाडि बढाउने र यो सम्झौता समेत यसैको एक कडीको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नु भयाे ।

सम्झौता पश्चात मध्यपश्चिम विश्वविद्यालयलाई विश्वव्यापीरूपमा अनुसन्धानकर्ता, विद्यार्थी र शैक्षिक संस्थाहरूबीच अनुसन्धानात्मक नेटवर्क स्थापित गर्न सकिने र यसको पहुँचबाट विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई गुणस्तरीय एवं द्रुत गतिमा आवश्यक पर्ने सूचना तथा डेटा सहजै उपलव्ध हुने बताइएकाे छ । साथै एनआरईएनमा आबद्धता पश्चात विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण गर्दा ईडुरोम वाईफाई इन्टरनेटको नि:शुल्क सेवा प्राप्त हुने जनाइएकाे छ।

कार्यक्रममा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. भारती जोशी, सदस्य प्रा.डा. रामेश्वर अधिकारी, रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल, सम्पूर्ण ग्र्याजुएट स्कुलका डीनहरु, विभिन्न निर्देशनालयका कार्यकारी निर्देशकहरु, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, प्राचार्य, विभागीय प्रमुख/संयोजक, प्राध्यापक तथा कर्मचारी लगायतको उपस्थित रहेको थियो ।

त्यस्तै एनआरईएनका तर्फबाट संस्थागत अध्यक्ष डा. भुषण राज श्रेष्ठ, संस्थापक सदस्य प्रा.डा. सुवर्ण शाक्य, कार्यकारी निर्देशक डा. राजन पराजुली र नेटवर्क अफिसर निराजन पराजुलीकाे उपस्थित रहेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top