ट्रेण्डिङ

होमपेज / समाज

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

नेपालगाथा २०८० आश्विन ६ गते शनिबार १६:५९:१७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ । झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट बेइजिङ पुगेका हुन् । उनले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए । भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउद र अन्य सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top