ट्रेण्डिङ

होमपेज / समाज

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता आन्तरिक छलफलका लागि भन्दै रोकियो

नेपालगाथा २०८० आश्विन ५ गते शुक्रबार ११:१६:२८ मा प्रकाशित

काठमाडौं । शुक्रबार बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सरकारले छलफल गर्ने भने पनि आन्तरिक छलफलका लागि भन्दै सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता रोकिएको छ । बिहान ९ बजे नै आन्दोलनरत शिक्षकका प्रतिनिधि छलफलका लागि सिंहदरबार पुगेका थिए ।

तर, बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए । छलफलपछि कानुनमन्त्री गुरुङले आज नै वार्ता निष्कर्षमा पुग्ने बताएका थिए ।

तर, दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनिएसँगै वार्ताको समय सारिएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । उनले वार्ताका लागि दुवै पक्ष आन्तरिक तयारीमा जुटेको जानकारी दिए । उनले वार्ता निष्कर्षमा पुग्ने टुंगो नभएकाले आन्दोलन जारी रहने बताए । सरकार र शिक्षकबीचको वार्ताको अर्को समय निर्धारण गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top