ट्रेण्डिङ

होमपेज / समाज

संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डासँग एमालेको सेल्फी कार्यक्रम

नेपालगाथा २०८० आश्विन ३ गते बुधबार ०९:१७:२६ मा प्रकाशित

काठमाडौँ ।  नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौं नक्सालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै एक भिडिओ सन्देशमार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।

बुधवार बिहानैदेखि नारायण चौरमा सेल्फी खिचाउने युवायुवतीको भिड लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले पनि सेल्फी खिच्नुभएको छ । नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ । साथै त्यहाँ राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरू राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top