ट्रेण्डिङ

होमपेज / समाज

तीजको मौलिक सौन्दर्यलाई भड्किलोपनले फिक्का बनाउँछ - पूर्व राष्ट्रपति भण्डारी

नेपालगाथा २०८० आश्विन १ गते सोमबार १०:४१:१७ मा प्रकाशित

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वमा देखिने भड्किलोपन र खर्चिलोपनले चाडपर्वको मौलिक सौन्दर्यलाई फिक्का बनाउने बताउनु भएको छ । हरितालिका तिजको अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले चाडपर्वहरूसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गति न्यून गर्न सबैले क्रियाशील रहनुपर्ने बताउनु भयो ।

तीजले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता र पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन सहयोग गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top