होमपेज / समाज
काठमाडौं । आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारको वार्ता टोलीबीच आइबार वार्ता सुरु भएको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भएको जानकारी दिए। उनले भने, ‘हामीलाई वार्ताका लागि बोलाइएपछि अहिले स्वास्थ्य मन्त्रालयमा वार्तामा छौँ।’
सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधि रहेका छन्। यस्तै, संघको तर्फबाट डा अनिलविक्रम कार्की, डा सञ्जिव तिवारी लगायत रहेका छन्।
भदौ २७ गते मकवानपुरको हेटौँडामा सन्चो अस्पतालका डाक्टर विकास थापा र डा प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो।
नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगााडि बढाउन दवााव दिँदै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ।
संघले देशभरका ओपिडि सेवा बन्द गर्ने निर्णय गरेसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार नै ५ सदस्यीय वार्ता समिति बताएका थिए। सो समितिले आइतबार संघलाई पत्राचार गर्दै वार्ताका लागि बोलाएको हो।