ट्रेण्डिङ

होमपेज / समाज

आज कतै बिहानैबाट वर्षा कतै दिउँसो वर्षाको सम्भावना

नेपालगाथा २०८० भाद्र ३० गते शनिबार ०७:२६:४२ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया माैसम सफा रहेको छ । 

विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top